Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज यी प्रदेशमा फाटफुट देखि हल्का वर्षा र हिमपातको सम्भावना

  •   ३ वर्ष अघि | १७ माघ २०८०, बुधबार

माघ १७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ। यी दुबै प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति लुम्बिनी प्रदेश,  गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू र गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

  • न्युज बहार संवाददाता

थप