भदौ ८, काठमाडौँ । देशभर अहिले भारतको उत्तर प्रदेशको उत्तरी भूभागमा
अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभावले हाल देशभर
सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम
वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज शुक्रबार राति भने गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र
कोशी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै
स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस
प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता