असार १९, काठमाडौँ । देशमा अहिले मनसुनी वायुको प्रभाव रहि रहेको छ। मनसुनी वायुको प्रभावले हाल सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। अहिले बिहान लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेश र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्ग सहितको भारी वर्षा हुने सम्भावना छ।
आज राति देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको सतर्क रहन अनुरोध गरको छ ।
- न्युज बहार संवाददाता