असोज १७, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । हाल नेपालमा भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। यसको प्रभावले अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र का केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
देशभर आज दिउँसो आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने साथै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यसैगरी महाशाखाको अनुसार आज राति
भने बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका
केहि स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि
मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत
सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता