भदौं ५, काठमाडौँ । अहिले केहि दिनदेखी काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा निरन्तर झरी परिरहेको छ ।
आज पनि काठमाडौँ
उपत्यकासहित देशका अधिकांश भूभागमा झरी परिरहेको छ ।
निरन्तरको
झरीका कारण सुदूरपश्चिमका तराई भू-भाग पनि डुबानमा पर्न थालेका छन्।
वरिष्ठ
मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा
बुधबार दिउँसो पानी पर्न मत्थर भए पनि बिहीबारबाट मात्रै मौसम खुल्नेछ ।
आज बुधबार पनि बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र जोडिएको स्थान
आसपास मनसुनजनित सर्कुलेसन बनेको र यसैका कारण निरन्तर वर्षा भएको वरिष्ठ मौसमविद्
मानन्धरले बताएकी छन ।
- न्युज बहार संवाददाता