असोज ९, काठमाडौँ । बिहीबारदेखि आइतबारसम्म भीषण वर्षाको सम्भावना मौसमविद्हरूले
देखाएका छन्।
त्रिभुवन
विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका
अनुसार बंगालको खाडीबाट र अरब सागर दुवैतिरबाट उच्च जलवाष्पसहितको वायु नेपालतिर
एकोहोरिएकाले देशभर उच्च वर्षाको सम्भावना रहेको छ ।
मनसुनको
न्यूनचापीय रेखा नेपालतर्फ सरेको छैन। तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय
प्रणाली सघनरूपमा विकास भएको जानकारी दिएका छन । यसका साथै अतिरिक्त उपल्लो वायमण्डलमा
पनि न्यूनचापीप प्रणाली विकास भएको छ।
पोखरेलका अनुसार अहिलेको प्रणाली
नेपालमा मात्रै पानी पार्न आएजस्तो देखिएको छ। त्यसकारण भोली बिहीबारदेखि आइतबारसम्मै चनाखो हुनुपर्ने देखिन्छ । यो प्रणालीको
विशेषता भनेको यसले छिटोछिटो गति लिइरहेको छैन र छिटो गति नलिँदा यो प्रणाली केही समय रहन सक्ने देखिन्छ।
अहिले दसैंको समय र बिदाको समय सुरु हुन लागेकोले मानिसहरू घुमफिरमा निस्कने र बालीनाली भित्र्याउने पनि बेला भइसकेकोले अति नै सचेत हुनुपर्ने देखिएको छ ।
- न्युज बहार संवाददाता