असोज २९, काठमाडौँ । भियतनामी पर्यटकहरू तीन वटा विमान चार्टर्ड गरेर नेपाल घुम्न आउने भएका छन्।
हिमालय एयरलाइन्सको एयरबस ए३२० विमान चार्टर्ड गरेर कात्तिक ४, ८ र १२ गते (अक्टोबर २१, २५ र २९) उनीहरू भियतनामबाट पोखरा, काठमाडौं, लुम्बिनी लगायताका स्थान घुम्न आउन लागेका हुन्।
तीन जेट विमान चार्टर्ड गरेर पर्यटकको आदान–प्रदान गरिएको यो नेपाली पर्यटन क्षेत्रको इतिहासमै पहिलोपटक रहेको नेपाली ट्राभल एजेन्सीले जनाएको छ।
पछिल्ला दिनहरूमा करिब १५ प्रतिशत बुद्ध धर्मालम्बीहरू रहेको भियतनामबाट नेपाल भ्रमण गर्ने पर्यटकहरूको संख्या बढिरहेको छ।
बुद्धको जन्मस्थान लुम्बिनी, पोखरा
र काठमाडौंको भ्रमण अवलोकन भियतनामबाट आउने पर्यटकहरूले गर्ने बताइएको छ ।
- न्युज बहार संवाददाता