कार्तिक
१५, नवलपरासी । आजदेखि पर्यटन प्रवर्द्धनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को
देवचुली डाँडामा पर्यटन सप्ताह–२०८० हुने भएको छ ।
आजदेखि
कात्तिक २१ गतेसम्म पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने
उद्देश्यका साथ आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो ।
देवचुली
जेसिजका अध्यक्ष गणेश सापकोटाले जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले
देवचुली डाँडा पर्यटन प्रवर्द्धन सप्ताह आयोजना गरिएको जानकारी दिएका हुन।
सापकोटाले
उक्त स्थानको सुन्दरता देशव्यापी बनाउने र त्यस क्षेत्रमार्फत नेपालको पर्यटन
प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले सप्ताहव्यापीरूपमा यो महोत्सवको आयोजना
गरिएको बताएका छन ।
- न्युज बहार संवाददाता