Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्राकृतिक सुन्दरताले भरिपुर्ण तोक्पेगोला क्षेत्र

  •   ३ वर्ष अघि | २८ असोज २०८०, आइतवार

असोज २८, फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रको प्राकृतिक सुन्दरता अहिले पनि कायम छ । 

आन्तरिक तथा बाह्य पर्यटकहरु यही प्राकृतिक सुन्दरताको अवलोकन गर्न पुग्ने गरेका छन जसको सङ्ख्या पनि दिनदिमनै बढ्दै गएको छ । ठाउँको र जाति नाम हो, तोक्पेगोला । समुद्र सतहदेखि चार हजार १०० मिटर उचाइको यो ठाउँ मिक्वाखोला–५ पापुङमा पर्छ । उक्त बस्तीमा ढोक्प्या जातिका करिब १७ घर रहेका छन् । त्याहाँका स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला नै भनि सूचीकृत गरिएको छ । झुरुप्प घर बनेको घरमा काठले छाएको छानो र भोटे झ्याललाइ टाढाबाट देख्नेबित्तिकै लाग्छ कि यो ठाउँ उत्सव स्थल हिइन र? यहाका घरैपिच्छे खम्बामा गाडिएका मन्त्रयुक्त ध्वजापताका फरफराउँदा थकित शरीरले शीतलता महसुस गर्छ । गुम्बा र मन्दिरले पौराणिक तथा ऐतिहासिक महत्व झल्काउने गर्छ ।

अग्लो चट्टान छिचोलेर बगेको झरना र त्यसको काखमा रहेको बस्तीबाट वरपरका भिर र चट्टानमा मानव तथा जनावरका आकृति देख्न सकिन्छ । गाउँको पूर्वपट्टि अग्लो भिरबाट झर्ने झरनाको दृश्य साँच्चिकै लोभलाग्दो छ । झरनाबाट झरेको दूध रङको छङ्छङ झर्ने पानीको दृश्य र मनमोहक आवाजले जोकोहीलाई पनि आनन्दित तुल्याउँछ । त्यसको वरिपरि चउरमा फुलेका रङ्गीचङ्गी फूलहरुले सुनमा सुगन्ध थपिए छ । यसै दृश्यले बस्तीको सुन्दरता अझ बढाएको छ ।

तोकक्पेगोलाको बस्तीको महिनैपिच्छे रङ फेर्नु र छिनछिनमा मौसम बदलिरहनु विशेषता हो । पहेंलो फूलले कहिले पहेंलपुर बन्छ त निलो, रातो र हरियो फूलको सौन्दर्यले कहिले अचम्मित बनाउँछ । सबै फूल सुकेर कहिले मरुभूमि जस्तो देखिन्छ । सिजनमा बस्ती क्षेत्र हरियो घाँसे मैदानमा परिणत हुन्छ । एकै छिनमा डाँडाकाँडा र बस्ती बाक्लो कुहिरोले छोपी दिन्छ । कुनै दुलहीले लजाउँदै घुम्टो खोलेको जस्तौ मौसम उघ्रिदिन्छ । 

  • न्युज बहार संवाददाता

थप