Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्ष नेपाल घुम्न आउने पर्यटकको संख्यामा उल्लेख्य बृद्धी

  •   ३ वर्ष अघि | २० फाल्गुन २०८०, आइतवार

फागुन २०, काठमाडौँ । नेपालमा यस वर्ष पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धी भएको छ ।  नेपालमा अग्रेँजी नयाँ वर्ष सन् २०२४ को सुरुदेखि नै विदेशी पर्यटकको घुइँचो लाग्न थालेको हो ।

सन् २०२४  को पहिलो महिनादेखि नै नेपाल घुम्ने लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढ्दो स्थितिमा रहेको छ । नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा यस वर्ष अर्थात २०२४ मा उल्लेख्य मात्रामा बृद्धी  भएको  हो ।

नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को फेब्रुअरी महिनामा मात्र ९७ हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका  छन् ।

फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन विभाग अर्थात हवाई माध्यम मार्फत नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । 

१ लाख ७६ हजार ५२६  विदेशी सन २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै नेपाल भित्रीसकेका छन् ।

  • न्युज बहार संवाददाता

थप