Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हुम्लाबाट उड्न ठिक्क परेको हवाईजहाजमा समस्या

  •   ३ वर्ष अघि | २७ कार्तिक २०८०, सोमवार

कार्तिक २७, हुम्ला । नेपाल एयरलाइन्सको हवाईजहाज हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको समयमा प्राविधिक समस्या देखिएको छ ।

बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई हवाईजहाजमा समस्या देखिएपछि ओरालिएको छ ।

आज बिहान आठ बजे नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा रहेको थियो ।

यात्रुहरु पनि हवाई जहाजमा चढिसकेका थिए । तर चढिसकेका यात्रुहरुलाई प्राविधिक समस्या देखिएको भन्दै ओरालिएको छ । समयमा उड्न नपाएपछि यात्रुहरु समस्यामा परेका छन् ।

नेपालगन्जबाट हवाई जहाज बनाउन प्राविधिक बोलाइएको छ भने हवाईजहाजमा कस्तो खालको समस्या आइएको हो भन्ने खुलाइएको छैन । 

  • न्युज बहार संवाददाता

थप