कार्तिक २७, हुम्ला । नेपाल एयरलाइन्सको हवाईजहाज हुम्लाको
सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको समयमा प्राविधिक समस्या
देखिएको छ ।
बोर्डिङ पास लिएर हवाई जहाजमा
चढिसकेका यात्रुहरुलाई हवाईजहाजमा समस्या देखिएपछि ओरालिएको छ ।
आज बिहान
आठ बजे नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको हवाई जहाज नेपालगञ्जबाट सिमकोट
गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा रहेको थियो ।
यात्रुहरु पनि हवाई जहाजमा चढिसकेका
थिए । तर चढिसकेका यात्रुहरुलाई प्राविधिक समस्या देखिएको भन्दै ओरालिएको छ । समयमा
उड्न नपाएपछि यात्रुहरु समस्यामा परेका छन् ।
नेपालगन्जबाट हवाई जहाज बनाउन प्राविधिक
बोलाइएको छ भने हवाईजहाजमा कस्तो खालको समस्या आइएको हो भन्ने खुलाइएको छैन ।
- न्युज बहार संवाददाता