जेठ २८, काठमाडौँ। अहिले उखरमाउलो गर्मीले वातावरण तातेको छ। पानी नपर्दा तापक्रम दिन प्रतिदिन बढेको छ भने बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था सृजना भएको छ।
यही
गर्मी बढे सँगै देशका विभिन्न ठाउँबाट गर्मी छल्न मानिसहरु त्रिशूली नदीमा र्याफ्टिङका
लागि आउन थालेका छन्।
केही
दिनयता काठमाडौँ तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ
गर्नेको संख्या बढेको हो। र्याफ्टिङ सँगै यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा
रमाउनेहरु पनि धेरै रहेका छन । देखिन्छन्।
अहिलेको
समय र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो। यतिबेला र्याफ्टिङका लागि
आउनेहरुको सङ्ख्या उल्लेख्य बढेको लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै
आउनुभएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक बताउँछन।
बिदाका दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताएर फर्कनेहरु
दैनिक बढ्दै छन। त्रिशूली नदिमा र्याफ्टिङका लागि खासगरी पोखरा, काठमाडौँ
र चितवनलगायतका
सहरबाट मानिसहरु आउने गरेका छन्।
- न्युज बहार संवाददाता