Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पोखरामा ड्रागन बोट रेस फेस्टिभलको रौनक

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

पुस १४, काठमाडौँ । पोखराको फेवातालमा ड्रागन बोट फेस्टिभल सुरु भएको छ ।  ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आज देखि सुरु भएको हो । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै दोस्रो संस्करणको फेस्टिभल सुरु गरिएको हो ।

यस बोट फेस्टिभलमा नेपाल, सिङ्गापुर र चीनका खेलाडी सहभागी भएका छन् । प्रतियोगिता भोली(पुस १५ गते) सोमबारसम्म सञ्चालन हुने जनाएको छ । नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा २० टोली सहभागी छन् ।

  • न्युज बहार संवाददाता

थप