Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थ प्रयोग गर्न पर्यटन विभागले लगायो रोक

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

कात्तिक ७, काठमाडौँ । तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने पर्यटन विभागले रोक लगाएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै पर्यटन विभागले यस्तो रोक बारे जानकारी दिएको हो ।

पर्यटन विभागले जारी गरेको विज्ञप्तिका अनुसार तारे होटलहरू (पाँच तारे, पाँच तारे डिलक्स र चार तारे) तथा सबै रिसोर्टहरू (लक्जरी र डिलक्स)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाइएको हो ।

विभागले विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालित होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेको जानकारी पाएपछि यस्तो किसिमो प्लास्टिकजन्य बोटल सहितका पेय पदार्थहरूमा रोक लगाएको हो ।

  • न्युज बहार संवाददाता

थप