Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

देशभरका मुख्य राजमार्ग बन्द हुँदा यसको असर हवाई उडानमा, टिकट पाउनै सकस

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । तिन दिन देखि परेको अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग तथा साहायक मार्गहरुमा अहिले यातायात ठप्प भएकाछन । यातायात ठप्प हुँदा यसको असर हवाई उडानमा देखिएको छ । आज हवाई उडानमा अत्यधिक चाप देखिएको छ ।

आज बिहानबाट हवाई उडान नियमित भएको छ र पछिल्लो तीन दिनयता उडान नियमित हुन नसकेका कारण नयाँ यात्रुले टिकट पाउनै मुस्किल देखिएको वायुसेवा कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सका प्रवक्ताका हनुसार आज असाध्यै धेरै टिकटको माग आएको र पहिला नै टिकट काटेका यात्रुको व्यवस्थापन मिलाउन हम्मे हम्मे परेको छ ।

उनले आज सबै गन्तव्यमा जहाज पूर्णक्षमतामा उडेको र यसले त्रिभुवन विमानस्थल व्यवस्थापनमा समेत चाप परेको बताएका छन ।

आज अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले समेत उडान संख्या बढाएका छन् । यसले विमानस्थलमा उडानको व्यवस्थापन मिलाउन चाप भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आज मौसम राम्रो भए रात्रिकालीन उडान गरेर भए पनि धेरै यात्रुलाई काठमाडौँ ल्याउने र बाहिर लैजाने योजना रहेको कम्पनीहरूले जनाएका छन । 

  • न्युज बहार संवाददाता

थप