Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित ‍बनाउन नयाँ व्यवस्था लागु गर्ने ।

नयाँ व्यवस्था के छ ?

  •   ४ वर्ष अघि | १८ माघ २०७९, बुधबार

माघ १८, काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले नेपालका आन्तरिक र अन्य हवाई उडान सुरक्षित बनाउनको लागी नयाँ व्यवस्था लागू  गर्ने बताएको छ। विषेशत नेपालको आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यको लागी हाल उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल भइरहेको प्राधिकरणले बताएको छ। प्राधिकरणले भन्यो “केही दिनमै नयाँ नियम र व्यवस्था लागू  हुने छ”। नागरिक उड्डयन प्राधिकरणले लागू गर्ने लागेको नयाँ व्यवस्थाअनुसार अब पाइलटले दैनिक रुपमा आठ घन्टा उडान र आठ पटक मात्र अवतरण गर्न पाउने छन्। हालको व्यवस्थामा दैनिक दस घन्टा उडान र १० वटा अवतरण गर्न पाउने नियम छ। 

त्यसै गरि आईएफआर उडान हुने विमानस्थलमा भिएफआर उडान गर्न नपाइने प्राधिकरणले जनाएको छ। यसैगरी वायुसेवा कम्पनीमा रहेका सबै प्रशिक्षक पाइलटले विमान उत्पादक कम्पनीमा गई अनिवार्य रुपमा सीप परीक्षण गर्नुपर्नेछ। पछील्लो समयबढी रहेको हबाई दुर्घटना केही हद सम्म कम गर्नको लागी यो नयाँ व्यवस्थाले सघाउने नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

थप