Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

व्यवसायीहरुले गरे प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन माग ।

  •   ३ वर्ष अघि | १२ भदौ २०८०, मङ्लबार

भदौ १२, काठमाडौँ । व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन माग गरेका छन्।

व्यवसायीले जनवरी १ देखि विमानस्थल सञ्चालनमा आएको आठ महिना बितेको तर एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै उक्त माग राखेका हुन्।

प्रधानमन्त्री प्रचण्ड आगामी सेप्टेम्बर २१ देखि चीन भ्रमणमा जाने तयारीमा रहेका छन।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले चीन भ्रमणका बेला पोखरा विमानस्थल सञ्चालनलाई प्राथमिकता दिन आग्रह गरिएको बताएका छन।  

पोखराका व्यवसायीहरू यसअघि भारत भ्रमणका बेला प्रचण्डले पोखरा विमानस्थल सञ्चालनबारे एजेण्डासमेत नराखेको भन्दै रूष्ट भएका छन्।

  • न्युज बहार संवाददाता

थप