भदौ ३०, काठमाडौँ । दशैंअघि नै श्री
एयरलाइन्सले काठमाडौँ भरतपुर गर्ने भएको छ । श्री एयरलाइन्सका अनुसार नेपाल नागरिक
उड्यन प्राधिकरणसँग यसका लागि अनुमति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
योसँगै श्री
एयरलाइन्सको ७२ सिट भएको एटिआर विमान भरतपुर ल्याउने तयारी पनि गरिएको छ । श्री एयरलाइन्सले
गत असार ६ गते काठमाडौँ देखि भरतपुरको परीक्षण उडान गरेको थियो ।
- न्युज बहार संवाददाता