Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारणको बिजुली बत्ती

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौं २, काठमाडौँ । रसुवा जिल्लामा अवस्थित धार्मिक, पर्यटकिय तथा प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । 

गएको शुक्रबार समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा ग्रिडको विद्युत् पुराइएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ग्रिडको बत्ती पुगेसँगै गोसाईकुण्ड क्षेत्र झिलिमिली बनेको छ ।
हरेक  वर्ष जनैपूर्णिमा दिन धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा मेला लाग्ने गर्दछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यस वर्ष उक्त मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् गोसाईकुण्ड पुर्‍याइएको जानकारी दिएका हुन ।

  • न्युज बहार संवाददाता

थप