मंसिर २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक उड्डयन प्राधिकरणको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय बुझ्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।
आज बिहीबार
रास्वपाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण पत्र बुझाएको
हो।
त्रिभवुन
अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नै नेपाल एयरलाइन्सको आम्दानीको
महत्त्वपूर्ण स्रोत भएको बताउँदै रास्वपाले यसबारे चासो राख्न सरकारलाई ध्यानाकर्षण गराएको हो
।
रास्वपाको
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘वायुसेवा निगमले आर्थिक वर्ष २०७९/८० मा गरेको २२ अर्ब २४
करोड कुल आम्दानीमध्ये ४ अर्ब ६६ करोड ग्राउण्ड स्याण्डलिङबाट आर्जन गरेको थियो।
यो कुल आम्दानीको करिब २० प्रतिशत हो। कर्मचारी खर्च, उपकरण तथा सामानको मर्मत
सम्भारसहितका खर्च कटाउँदा नेपाल एयरलाइन्सले ग्राउण्ड स्याण्डलिङबाट हुने कुल
आम्दानीको २०/२५ प्रतिशत नाफा गर्छ।’ सरकारलाई विमानस्थल राष्ट्रिय
सुरक्षासँग समेत सम्बन्ध राख्ने क्षेत्र भएकाले चासो राख्न भनिएको छ।
- न्युज बहार संवाददाता