जेठ १२, काठमाडौँ । काठमाडौँबाट सोलुखुम्बु जिल्लाको सदरमुकाम
सल्लेरीस्थित फाप्लु विमानस्थलमा सातामा चार दिन नियमित उडान हुने भएको छ।
साताको
चार दिन नेपाल एयरलाइन्सले उडान गर्न थालेको हो।
अब हरेक
सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल
एयरलाइन्सको जहाजले उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ।
यसअघि लामो समयदेखि नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक
खराबीका कारण अवरुद्ध भएको फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन
भएको हो।
जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको प्राधिकरण
फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जनाएका छन।
- न्युज बहार संवाददाता