Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

मौलिक कला र संस्कृति पर्यटक भित्र्याउने माध्यम

  •   ३ वर्ष अघि | २७ असोज २०८०, शनिबार

असोज २७, मुस्ताङ । मुस्ताङ जिल्लाको मौलिक कला र त्याँहाको संस्कृति पर्यटक आकर्षित गर्ने मुख्य माध्यम बनेको छ । मुस्ताङका बासिन्दाले प्राकृतिक र धार्मिकसँगै परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । 

घरपझोङ गाउँपालिका५ को ठिनीको थकाली सामुदायिक होमस्टेका सञ्चालक जुमा थकालीले मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर रहनसहन, संस्कृति, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका बताइन् । 

 उनले भनिन्, “पृथक भूगोल, दामोदरकुण्ड, मुक्तिनाथ, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइने त्यस्तै कुमार जात्रा, भदौरे, थार्तुङ, लामा नाच, तिजी, फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले बसाई लम्बाउन र पर्यटक आकर्षित गर्न सहयोग मिलेको छ ।

थकालीका अनुसार प्रचारप्रसार, सडक यातायातको सुविधा आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको छ । वर्षमा एक पटक मुस्ताङको प्रमुख गुम्बाहरुमा लामा नाच हुने गर्छ । असोज २३ गते मंगलबारदेखि कुछप तेरङ्गा गुम्बामा लामा नाच प्रर्दशनीका लागि पुजाआजा सुरु गरिएको छ । 

पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट मार्फा, जोमसोम, ठिनी, स्याङ लगायतका भूगोलको मनमोहक दृष्य सजिलै अवलोकन गर्न सकिन्छ । 

यस्ता धार्मिक महत्व बोकेका लामा नाच अवलोकन गर्न आएका देश तथा विदेशबाट पर्यटकहरुको राम्रो उपस्थित रहने गरेको छ । पर्यटकहरुले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिक सँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकोमा खुसी व्यक्त गर्ने गरेका छन भने धेरै वर्ष पुरानो संस्कृति अझै जिवित देख्दा पर्यटकहरु दंग पर्ने र यसको  प्रचारप्रसार गर्ने गरेका छन। 

  • न्युज बहार संवाददाता

थप