Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कैलाश मानसरोवरमा बढ्दै पर्यटकको संख्या

  •   १२ महिना अघि | २१ साउन २०८२, मङ्लबार

साउन २०, काठमाडौँ । कैलाश मानसरोवर तीर्थयात्रा भारतीय पर्यटकका लागि खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको छ। 

पर्यटकको संख्या बढेसँगै अहिले नेपालगञ्जबाट सिमकोटका लागि दैनिक उडान संख्या पनि बढेको छ। यो गन्तव्यमा सामान्य दिनमा दैनिक १० वटा उडान हुने गरेकोमा अहिले दैनिक ५० भन्दा बढी उडान भइरहेको छ।

विमानस्थल कार्यालयका अनुसार तीर्थयात्रीको चाप बढेपछि अहिले नेपालगञ्जबाट सिमकोट विमानस्थलमा तारा, समिट, सीता एयरका जहाजले नियमित उडान गरिरहेका छन् भने त्यस्तै नेपाल एयरलाइन्सको ट्विनअटरले पनि हरेक सोमबार उडान गरिरहेको छ।

विमानस्थलका प्रमुख महेन्द्र सिंहका अनुसार पहिलेभन्दा अहिले फ्लाइट बढेको छ, मानसरोवर जाने भारतीय पर्यटक बढेका छन्, अहिले जहाज र हेलिकप्टरलाई भ्याइनभ्याइ छ।'

उनका अनुसार पर्यटकको आगमन बढेसँगै यसक्षेत्रका होटल व्यवसायमा पनि चहलपहल बढेको छ। कैलाशमानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म रहेको पर्यटन व्यवसायीहरूले बताएका छन। यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकहरू कैलाश मानसरोवर पुग्छन्। 

यो क्षेत्र तिब्बतमा पर्छ यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्ने हुन्छ। चिनियाँ दूतावासबाट नेपालमा यस्तो अनुमति प्राप्त हुन्छ। ट्रेकिङ एजेन्सीले अनुमति लिने काम गरिदिन्छ। चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ।

जहाजमार्फत काठमाडौँबाट पनि ल्हासा भएर कैलाशमानसरोवर जान सकिन्छ। जहाजमा जानेहरू ल्हासा पुगेर त्यहाँबाट गाडीमा जान पाउने व्यवस्था छ, तर ल्हासाको उडान नियमित नहुने र भाडा महँगो पर्ने भएकाले धेरैजसो यात्रु स्थलयात्रा नै रज्ने गरेका छन।

  • न्युज बहार संवाददाता

थप