Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अब सेवा प्रदायक जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारीबाट हटाइने

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

माघ २०, काठमाडौँ । अब सेवा प्रदायक जिम्मेवारी नेपाल नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारीबाट हटाइने भएको छ ।

प्राधिकरणले अहिले गर्दै आएको सेवामूलक र नियमनकारी भूमिका अलग हुने भएको हो । सो दुईवटा भुमिकस अलग गरी प्राधिकरणलाई नियामक निकायका रूपमा मात्र केन्द्रित गर्ने गरी तयार विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।

नागरिक उड्डयनसँग सम्बन्धित वायुयान तथा त्यससम्बन्धी सेवाको इजाजत, दर्ता, सञ्चालन, खारेजी, जनशक्तिको योग्यता निर्धारण, परीक्षण, लाइसेन्स र वायुसेवा सञ्चालकले पालना गर्नुपर्ने सर्त तथा सुरक्षा निर्धारण र लागु गर्ने जिम्मेवारी अब प्राधिकरणमा निहित रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जनाएका छन ।

त्यस्तै विमानस्थल निर्माण र सञ्चालन सहित अहिले रहेका जिम्मेवारी भने अलग्गै प्राधिकरणका रूपमा काम गर्ने गरी नयाँ विधेयक प्रस्ताव गरिएको मन्त्री पण्डेले जनाएका छन ।

  • न्युज बहार संवाददाता

थप