Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जंगल सफारी लजको 'दसैं तिहार सौराहामा' योजना सार्वजनिक

  •   २ वर्ष अघि | ९ असोज २०८१, बुधबार

असोज ९, काठमाडौँ । अहिले नेपालीहरूको महान चाड दसैँ तिहार उँदै गरेको समय छ । चितवनको सौराहामा रहेको जंगल सफारी लजले यही चाड विशेषलाई लक्षित गरी 'दसैं तिहार सौराहामा' योजना ल्याएको छ।

यो योजना असोज १५ गतेदेखिसुरु भएर कात्तिक ३० गतेसम्म लागु हुने जनाइएको छ । यो योजना अनुसार नेपाली पर्यटकले मात्र १३ हजार रूपैयाँमा प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेजमा सौराहा घुम्न पाउनेछन्।

यस प्याकेज अन्तर्गत वेल कम ड्रिक्न्स, दुई वटा लन्च, दुई रातको लागि सुपर डिल्क्स कोठा, ब्रेकफास्ट सहित जीप सफारी, दुई वटा डिनर, हात्ती प्रजनन केन्द्र भ्रमण, डुङ्गा सयर, सूर्यास्त र थारु गाउँ अवलोकन र थारू नाच अवलोकन गर्न पाउनेछन्।

यो प्याकेज अन्तर्गत आउने पर्यटकले सौराहामा रहेको क्याफे दी सफारीमा एउटा कफीको कुपन समेत पाउँनेछ जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जनाएका छन ।

याहाँ ५ वर्ष मुनिका लागि नि:शुल्क र ५-१० वर्षको हकमा २५ प्रतिशत छुटको पनि व्यवस्था गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप