Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

२५ औं पोखरा सडक महोत्सवमा अनलाइनबाट टिकटका साथै पर्यटकहरुकालागि मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्था

  •   ३ वर्ष अघि | २४ मंसिर २०८०, आइतवार

मंसिर २४, पोखरा । पर्यटकीय नगरी पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना हुने ‘२५ औं पोखरा सडक महोत्सव’मा अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था गरिएको छ । २८ डिसेम्बरदेखि १ जनवरी अर्थात पुस १२ गतेदेखि १६ गतेसम्म महोत्सव सम्म चल्ने छ ।

पहिलो पटक आयोजकले महोत्सव आयोजनाको २५ औं वर्षको अवसर पारेर अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको हो ।

रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले साँस्कृतिक कार्यक्रमका लागि खल्ती एपबाट टिकट काट्न मिल्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन । अध्यक्ष भट्टराईले भने ‘खल्ती एपसँगै विदेशी कार्डहरुबाट पनि आफन्त तथा साथीभाइका लागि टिकट काट्न सकिन्छ।’ भट्टराईका अनुसार अनलाइनबाट टिकट काट्दा केही सस्तो हुने र दर्शकले कार्यक्रम आयोजना हुने स्थानबाट सोझै टिकट काट्दा मूल्य बढी लाग्न सक्ने छ ।

पर्यटकहरुले महोत्सवमा सहभागी हुन पोखरा आउँदा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै फरक–फरक समुदायका खानाको स्वाद पनि लिन पाउने व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा प्रस्तुती रहने छ भने रीमा विश्वकर्माले कार्यक्रम सञ्चालन गर्नेछिन् ।

डिसेम्बर ३० तारिखमा मुक्ती एन्ड रिभाइबल ब्यान्डको प्रस्तुति रहनेछ भने न्यू इयर इभमा द एलिमेन्ट्स ब्यान्ड र र्यापर लाउरेको प्रस्तुति रहनेछ ।

त्यसैगरी, ‘मन मगन’ फेम गायक दीपक बज्राचार्यले डिसेम्बर २९ तारिखमा दर्शकलाई झुमाउनेछन् ।

रेवान अध्यक्ष नरेश भट्टराईका अनुसार यो पटक महोत्सवको रजत वर्ष भएकाले विगतको भन्दा विशेष हुने छ ।

  • न्युज बहार संवाददाता

थप