Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सूर्योदय र सूर्यास्त हेर्ने पर्यटकको संख्याले मानहुँकोटका होटल खचाखच

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, तनहुँ । तनहुँ व्यास नगरपालिका–५ स्थित मानहँकोटमा अहिले सूर्योदय र सूर्यास्त हेर्ने पर्यटकको संख्या बढेको छ जसले गर्दा त्याहाँका होटल खचाखच भएका छन्।

दुई दिन अघिदेखि नै सूर्योदयपछि देखिने बादलको दृश्य हेर्न होटल बुक हुने गरेको स्थानीय होटल व्यवसायीहरुको भनाइ छ ।

मानहुँकोटस्थित होटल भ्यू टावरका सञ्चालक प्रेम रावतका अनुसार असोजदेखि आन्तरिक पर्यटकको चाप बढेपछि होटल खचाखच भरिएको छ ।

उनले आफूहरुसँग रहेको सात वटा कोठा र दुई वटा त्रिपाल दुई तीन दिन पहिल्यै बुक भइरहेको सुनाए।

रावतले भने, ‘मानहुँकोटमा अहिले पर्यटकको चाप बढ्दा होटल पनि खचाखच भरिएको छ, पर्यटकीय याममा दुई/तीन दिन पहिले नै होटल बुक हुने गर्दा हामीलाई पनि राहत मिलेको छ।’

अहिले पर्यटकको चाप बढेपछि मानहुँकोटमा १० वटा होटल सञ्चालनमा आइसकेका छन् । होटल मानहुँकोट एण्ड रिसोर्टका सञ्चालक पूर्ण श्रेष्ठले धेरै पर्यटक मानुहुँकोट आउन भन्ने उद्देश्यले आफूले समूहमा आउनेलाई लक्षित गरी एक रात बास, दुई छाक खाना, नास्ता र चियासहित प्रतिव्यक्ति एक हजार एकसय कायम गरेको बताए।

तनहुँको दमौलीबाट करिब सात किलोमिटरको यात्रामा पुगिने मानहुँकोट समुद्री सतहबाट करिब एक हजार एक सय मिटरको उचाइमा रहेको छ।

जाडोको मौसममा दिनमा दुई/तीन सय जना र बिदाको दिन आठदेखि नौ सय जनासम्म मानहुँकोट पुग्ने गरेका छन् ।

  • न्युज बहार संवाददाता

थप