भदौ
५, पोखरा । करिब ३ महिनादेखि मनसुनका कारण रोकिएको पोखराको हट एयर बलुन आगामी भदौ
१५ (सेप्टेम्बर १) देखि नियमित हुने भएको छ।
बलुन
नेपालका अध्यक्ष विक्रम बादेले साहसिक पर्यटकीय खेल पारखीहरूको रोजाइमा यो खेल
परेको जानकारी दिएका छन ।
पोखरामा हट
एयर बेलुनमा करिब ६ हजार फिट माथिसम्म उड्दा अन्नपूर्ण, माछापुच्छ्रे, हिमालहरू, पुम्दिकोट महादेव, पूर्ण आकारको फेवाताल, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने
प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
कम्पनीले विगतमा एक मात्र बलुन उडाइरहेको थियो भने अब दुई वटा बलुन उडाउने तयारी गरेको छ। बलुन उडाउन भियतनामी र अमेरिकन गरी दुई जना पाइलट छन्।
पोखराको पामेबाट हट एयर बलुन उडान हुने अध्यक्ष बादेले जानकारी दिए।
- न्युज बहार संवाददाता