चैत २१, काठमाडौँ
। ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन र काठमाडौँ महानगर प्रमुख बालेन शाह बज्रयोगिनी
माईको मूल जात्रा हेर्न साँखु जाने भएका छन् ।
दुई मेयर
महर्जन र शाह शंखरापुर नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक पर्व बज्रयोगिनीको मूल
जात्राको अवसरमा यही चैत २६ गते मूल जात्राको दिन साँखु जाने भएका हुन् ।
शंखरापुर
नगरपालिकाका प्रमुख रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनाल, वडा नम्बर ६ का अध्यक्ष एवं नगर
प्रवक्ता राधाकृष्ण श्रेष्ठ लगायतले बज्रयोगिनी जात्राको अवलोकनका लागि उनीहरूलाई
निम्तो गरेका हुन र सोही निम्तोलाई स्विकारदै दुई मेयर बज्रयोगिनीको मूल जात्राको
साँखु जाने भएका हुन ।
- न्युज बहार संवाददाता