Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भोलीदेखि काठमाडौँको मुटु ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुला रहने

  •   २ वर्ष अघि | ३० चैत्र २०८०, शुक्रबार

चैत ३०, काठमाडौँ । भोली अर्थात नयाँ वर्ष २०८१ सालको बैशाख १ गते(शनिबार)देखि काठमाडौँको मुटु ठमेल र दरबारमार्ग २४ सैँ घण्टा खुला रहने भएको छ । गृह प्रशासन र स्थानीय व्यवसायी तथा सरोकारवालाहरूको सक्रियतामा ठमेल र दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न लागिएको हो ।

संयुक्त पत्रकार सम्मेलन गर्दै बिहीबार दरबारमार्ग विकास बोर्ड र ठमेल पर्यटन विकास परिषद्ले नयाँ वर्ष अर्थात वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला गरिने घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमार्फत ठमेल भगवान् बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न नपाउने जानकारी गराइएको छ ।

व्यवसायीहरूले यस्तो सेवा ठमेल र दरबारमार्ग हुँदै क्रमशः अन्य क्षेत्रमा समेत खुला गरिने बताएका छन् । 

  • न्युज बहार संवाददाता

थप