असार २३, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा पछिल्लो तीन सातापछि हवाई उडान भएको छ । जेठ ३० गतेदेखि ताप्लेजुङको उडान खराब मौसमका कारण ठप्प भएको थियो । आज काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाजले चार यात्रु बोकेर ताप्लेजुङ आएको र ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौँ प्रस्थान गरेका हुन ।
नेपाल
वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार मौसमकै
कारण असारयता ६ वटा उडान प्रभावित भइसकेको थियो । उनका अनुसार बर्खायाम सुरु
भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएको छ ।
हाल
साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँका लागि हवाई उडानको
तालिका रहेको छ ।
- न्युज बहार संवाददाता