भदौ ७, जाजरकोट । बिगत दुई दिन देखी कर्णालीमा हवाई उडान प्रभावित भएको छ । लगातार परेको वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । हुम्लाको सिमकोट, डोल्पाको जुफाल विमानस्थल र मुगुको ताल्चा विमानस्थलमा दुइ दिनदेखी हवाई उडान हुन सकेको छैन ।
उक्त क्षेत्रना सडक यातायात भरपर्दो नहुँदा हवाई उडानबाट सेवा लिनुपर्ने बाध्यता रहेको छ । तर मौसम प्रतिकुल बन्दा हवाई उडानले यात्रुहरुलाई समस्या हुँदै आएको छ । सडक पुगेको भएपनि डोल्पामा वर्षायामको समयमा सहज तरिकाले यात्रा गर्न अझै समस्या रहेको छ ।
- न्युज बहार संवाददाता