भदौं ५, कास्की । आव २०८०/ ८१ मा २१ जना पर्यटकको लेक लागेर मृत्यु भएको छ । पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत वर्ष २१ जना पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार मृत्यु हुने मध्ये छ जना नेपाली हुन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले लेक लागेर मृत्यु हुनेमा मलेसियाका दुई, ११ जना भारतीय, युक्रेनका एक र एक बेलायती नागरिक रहेको बताएका छन ।
कडरियाका
अनुसार अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेको छ । प्रमुख
डा कडरियाका अनुसार आयोजना कार्यालयले गत वर्षदेखि त्यस्ता घटनाको तथ्याङ्क राख्न
सुरु गरेको हो ।
- न्युज बहार संवाददाता