Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

‘१० टाउको एकै ठाउँमा राखेपछि के हुन्छ?’ - केपी शर्मा ओली।

'अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागि पोरेको देखिन्छ।’

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, काठमाडौँ। १० दलीय गठबन्धनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाका हक र अधिकार खोस्न लागिपरेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनबारे पार्टीका सांसदहरूसँग आज भएको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिला अधिकार खोस्न लागिपरेको टिप्पणी गरेका हुन्।

ओलीले भने ‘अहिले १० दलीय गठबन्धनका नेताहरू संविधानको मर्म मिच्न र महिलाका हक, अधिकार खोस्न लागिपरेका छन्। निर्वाचन आयोग त प्रयोग गरिसके अरू संस्थालाई पनि प्रयोग गर्न सक्छन्,’ ।

‘राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला नै हुनुपर्ने, सभामुख र उपसभामुखमध्ये एक महिला हुनुपर्ने संविधानको मर्म हो र भावना हो,’ उनले भने, ‘यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासले हेर्नुपर्ने र व्याख्या गर्ने कुरा हो।’ उनले १० दलीय गठबन्धनलाई रावणको संज्ञा पनि दिए।

अध्यक्ष ओलीले भने ‘१० दलीय गठबन्धन, जब १० टाउको एकै ठाउँमा राखेपछि के हुन्छ? रावणको पनि थियो १० टाउको, ‘अहिलेका रावण पनि फेरि महिलाका हक र अधिकार हरण गर्न लागि पोरेको देखिन्छ।’

 

  • न्युज बहार संवाददाता

थप