Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हामी जनतासँगै ठिक छौँ, तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला : प्रचण्ड

  •   १ वर्ष अघि | १८ बैशाख २०८२, बिहिबार

वैशाख १८, काठमाडौँ । सरकारमा जाने कुनै रूची नभएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौँमा आयोजना गरेको १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा गरेको एक कार्यक्रममा बोल्दै उनले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने रूची नभएको बताएका हुन्। 

उनले भने 'हामी अब फेरि एकचोटी यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने हामीलाई कुनै रुची छैन, हामी जनतासँगै ठिक छौँ, हामी हाम्रो वर्गसँगै ठिक छौँ, तपाईँहरू कन्फ्युजनमा नपर्नुहोला।'

आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर अध्यक्ष दाहालले गरेका छन।

  • न्युज बहार संवाददाता

थप