साउन १८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजको राष्ट्रिय सभा बैठकमा अवरोध कायम राखेको छ ।
सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानले आजको राष्ट्रिय सभा बैठक पनि अवरोध भएको हो ।
अवरोध परी साउन २२ गते दिउँसो १ बजे बस्ने गरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
- न्युज बहार संवाददाता