असार २४, काठमाडौँ । आज पनि राष्ट्रिय सभाको बैठक नेकपा एमालेले पनि अवरुद्ध पारेको छ ।
आज ११ बजर ३१ मिनेटमा राष्ट्रिय सभाको बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले ढ्यापढ्याप पार्दै समय मागे ।
त्यसपछि भगवती न्यौपानेलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समय दिए ।
उक्त समयमा बोल्दै न्यौपानेले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म बेठक चल्न नदिने बताएपछि एमालेका सबै सांसदहरु आफ्नो स्थानबाट उठे अध्यक्ष ले पटक पटक बस्न र बैटक अघि बढाउन दिन अनुरोध गरेपनि एमालेका संसदहरु मानेनन् । त्यसपछी अध्यक्षले बैठक भोली (सोमबार) ११ बजेर १ मिनेट जाँदा बस्ने गरि स्थगित भएको जानकारी गराए ।
- न्युज बहार संवाददाता