Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज भारतीय विदेश मन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आउँदै

  •   ३ वर्ष अघि | १९ पुस २०८०, बिहिबार

पुस १९, काठमाडौँ । आज भारतीय विदेश मन्त्री एस. जयशंकर नेपाल भ्रमणमा आउँदै छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।

आज काठमाडौँ अवतरण गरे लगत्तै उनको विभिन्न व्यक्तिहरुसभगको भेटघाट गर्ने कार्यक्रम रहेको छ। आज भेटघाट पछी बेलुकी सोल्टी होटलमा उनका लागी रात्री भोजको आयोजना गरिएको छ ।

पुस २० गते अर्थात भोली शुक्रबार बिहान ८ बजे उनले पशुपतिको दर्शन पनि गर्नेछन् ।

भोली मध्यान्ह १२ बजे विदेशमन्त्री जयशंकर भारत फर्किनेछन् ।

थप