Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

निर्वाचन अवधिमा गैरकानुनी कार्यमा संलग्न हुनेलाई उन्मुक्ति दिइने छैन : गृहमन्त्री

  •   ५ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२लाई लक्षित गर्दै देशभर कडा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।

निर्वाचन स्वच्छ, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सम्पूर्ण तयारी सकिएको उनले स्पष्ट पारे । मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन पनि उनले आग्रह गरे । साथै, निर्वाचन सुरक्षादेखि मतपत्र र मतपेटिका ओसारपसारसम्मका लागि स्पष्ट कार्यविधि बनाइएको र अवाञ्छित गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही गरिने चेतावनी समेत दिए ।

उनका अनुसार सरकारले निर्वाचनका लागि एकीकृत सुरक्षा योजनास्वीकृत गरेर त्यसअनुसार सुरक्षा निकाय परिचालन गरिसकेको छ । देशभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी तैनाथ भइसकेका छन् ।

निर्वाचन अवधिमा कुनै पनि गैरकानुनी वा अवाञ्छित कार्यमा संलग्न हुनेलाई सरकारले उन्मुक्ति नदिने गृहमन्त्री ओमप्रकाश अर्याल ले चेतावनी दिएका छन् । यस्ता गतिविधि केवल नियन्त्रणमै सीमित नराखी कडा कानुनी प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे ।

उनका अनुसार त्यस्ता कार्य देखिएमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने, अभियोजन प्रक्रिया अगाडि बढाइने र आवश्यक परे अदालतसमक्ष उपस्थित गराइनेछ । दोषी ठहरिएमा कानुनअनुसार सजाय भोग्नुपर्ने उनले बताएका छन् ।

  • न्युज बहार संवाददाता

थप