साउन २९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले निकालिएको छ । सो सुन आज ब्रेक शु बाट निकालेर जोखीएको हो।
टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले उक्त सुनको तौल ६० केजी ७८९ ग्राम रहेको जानकारी दिएका छन।
उनले ब्रेक शुबाट छुट्याएपछिको सुनको तौल लिइएको र उक्त सुनको तौल ६० केजी ६८९ ग्राम रहेको छ बताएका छन भने त्यस सुनलाई गालेर जोख्न बाँकी रहेकोले भोलि साढे १० बजेदेखि गालेर जोख्न सुरू हुने उनले उल्लेख गरेका छन ।
- न्युज बहार संवाददाता