जेठ ३२, काठमाडौँ । सिंहदरबार भित्रका कर्मचारीहरुको राष्ट्रिय सतर्कता केन्द्रले आज छड्के अनुगमन गरेको छ ।
सिंहदरबार भित्र कार्यरत कर्मचारीहरुले आउने हाजिर गर्ने अनि बाहिर गइहाल्ने गरेको गुनासो बढेपछि सतर्कता केन्द्रले सिंहदरबार दक्षिण गेटमै बसेर अनुगमन गरेको हो ।
कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो बढ्न थाले पछी अनुगमन गरेको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माले बताएका छन।
- न्युज बहार संवाददाता