असार २७, काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि स्थगित भएको हो ।
नेपाली कांग्रेसका एक पदाधिकारीले अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने जानकारी दिएका छन।
- न्युज बहार संवाददाता