Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

सरकारले कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो? : ज्ञानेन्द्र शाही

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । भ्रष्ट कर्मचारीलाई कारबाही भनेर कर्णालीका जिल्लामा सरुवा गर्ने सरकारको प्रवृत्तिको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आलोचना गरेका छन् ।

आज आइतबार शाहीले प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै काम गर्न नसक्ने र भ्रष्टाचारी कर्मचारीलाई कर्णालीमा सरुवा गरेर सरकारले कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो भन्दै प्रश्न समेत गरेका हुन ।  

शाहीले यस विषयमा भने– ‘२०८० साल माघ २९ गते समाचारमा के आएको थियो भने, अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कारबाहीमा भनेर लेखियो, त्यहाँ लेखेको थियो, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य मुगु सरुवा भए । अन्त भ्रष्टाचार गर्ने, अपराध गर्ने कर्मचारीलाई मुगु पठाएर कर्णालीलाई डम्पिङ साइट बनाउन खोजेको हो ? यदि डम्पिङ साइट बनाउनै खोजिएको हो भने भन्नुस र नेपालबाट अलग बनाउने हिम्मत राख्नुस्, हामी दमका साथ लड्छौँ, विशाल खस साम्राज्यको इतिहास रहेको छ ।

  • न्युज बहार संवाददाता

थप