कार्तिक १८, काठमाडौँ । रुकुम र जाजरकोटका भूकम्प
प्रभावितहरुको उद्धार र राहतका लागि सरकारले स्वास्थ्यकर्मी सहितको हेलिकप्टर
पठाउने तयारी गरेको छ ।
तत्काल
हेलिकप्टर पठाउने तयारी भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको
हेलो सरकारले जनाएको हो ।
सामाजिक सञ्जालमार्फत हेलो
सरकारले भनेको छ, ‘भूकम्पका
घाइतेहरुको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्, घाइतेहरूको उद्धारका लागि औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने
तयारी भइरहेको छ।’
- न्युज बहार संवाददाता