फागुन ३०, काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्षले आफ्नो पदबाट राजिनामा दिने भएकी छन । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिने भएकी हुन ।
राष्ट्रियसभा
अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएपछि दलहरुको
सहमतिअनुसार अर्यालले राजीनामा दिने भएकी हुन् ।
नेकपा
माओवादी केन्द्रबाट अर्याल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन ।
अर्यालले
आज बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस विषयमा सुझाव
मागेकी थिइन् ।
प्रधानमन्त्रीले
दलहरुबिच फरक पार्टीबाट अध्यक्ष र उपाध्यक्ष बनाउने सहमति भएकोले अर्को
उम्मेदवारलाई उपाध्यक्ष बनाउनु पर्ने बताएक छन ।
- न्युज बहार संवाददाता