वैशाख १७, काठमाडौँ । भोलि बिहीबार बाट शिक्षकहरूको आन्दोलन स्थगित हुने भएको छ। शिक्षक महासंघ र सरकारबीच सहमति भएपछि आन्दोलन स्थगित हुने भएको हो ।
सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको जनाइएको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोलन स्थगित गरिने छ ।