Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बालेन शाहको हिजोको अभिव्यक्तिका बारेमा उनको सचिवालयले गर्यो विज्ञप्ति जारी (विज्ञप्ति सहित)

  •   ३ वर्ष अघि | १७ भदौ २०८०, आइतवार

भदौ १७, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शनिबार राति आफ्नो फेसबुक मार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । कसले र किन महानगरको गाडी रोकेको थियो भन्ने उनले खुलाएका थिएनन् । यसरी अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक रुपमा आलोचना र यसपछाडीको कारण के भन्ने सबैतिर चर्चा हुन थालेपछी आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।

उनको निजी सचिवालयले सार्वजनिक गरेको विज्ञप्तिमा मेयर पत्नी सविना काफ्लेमाथि सुत्केरी अवस्थामा प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।बालेनको स्वकीय सचिवालयका अनुसार मेडिसिटी अस्पतालमा बालेन दम्पतीका शिशु एनआईसीयूमा उपचाररत रहेका छन् । बालेनकी पत्नी सविनाको स्वास्थ्यमा शनिबार साँझ जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।

शिशुलाई स्तनपान गराइ र आफ्नो स्वास्थ्य परीक्षण गरेर घर फर्किंदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । बालेनको स्वकीय सचिवालयले त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको जनाएको छ ।

शारीरिक समस्या र प्रसव पीडामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दनीय भएको बालेनको स्वकीय सचिवालयले उल्लेख गरेको छ ।

विज्ञप्ति


  • न्युज बहार संवाददाता

थप