फागुन २७, काठमाडौँ । इलाम–२ मा आगामी वैशाख १५ गते हुने
उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न स्वर्गिय सुवास नेम्वाङका छोरा
सुहाङ नेम्वाङले पनि निवेदन दिएका छन् ।
पूर्वसभामुख
एवं संविधानसभाका अध्यक्ष समेत रहेका सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उम्मेदवारको पद खाली रहेको छ
। उक्त खाली पदका लागी आउँदो बैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा
सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका
हुन् । उम्मेदवार चयन गर्न एमालेको इलाम जिल्ला कमिटीले अध्ययन कार्यदल गठन गरेको
छ ।
- न्युज बहार संवाददाता