Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

राष्ट्रिय जनमोर्चा पार्टिले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने घोषणा।

बैठकले चैतमा संघीयताविरूद्ध अभियान चलाउने निर्णय गरेको हो।

  •   ४ वर्ष अघि | ३० फाल्गुन २०७९, मङ्लबार

फागुन ३०, काठमाडौँ। संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने राष्ट्रिय जनमोर्चाले निर्णय गरेको छ।

बुटवलमा यही

फागुन २७ र २८ गतेसम्म चलेको राष्ट्रिय परिषदको प्रथम बैठकले चैतमा संघीयताविरूद्ध अभियान चलाउने निर्णय गरेको हो।

 ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’ यो निर्णय बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिको ५ नम्बर बुँदामा लेखिएको छ।

यस देशव्यापी अभियानअन्तर्गत सभा, कोणसभा गरिने जनमोर्चाले जनाएको छ।

‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरूद्ध संघर्ष गरौं’ भन्ने  नाराका साथ यही चैत २४ गते जनआन्दोलन दिवसका दिन देखी कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ।

अध्यक्ष केसीले २०८० वैशाख र जेठ महिनामा देशव्यापी रूपमा जिल्ला सम्मेलन र भेलाहरू पनि गर्ने निर्णय भएको बताए। 

  • न्युज बहार संवाददाता

थप