असोज
८, काठमाडौँ । प्रधानमन्त्री सुशीला
कार्कीले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
उनको यो
सम्बोधन सूचना, सञ्चार तथा प्रविधि
मन्त्रालयले समन्वय गरेको छ । जेनजीहरूले गत
भदौ २३ र २४ गते प्रदर्शन गरेपछि, कार्कीलाई २७ भदौमा
प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
- न्युज बहार संवाददाता